३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टनमा इन्डोनेसियाको जोडीलाई स्वर्ण



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीनले अग्रतालाई अझ फराकिलो बनाएको छ । सोमबार ब्याडमिन्टन महिला युगलको स्वर्ण पदक इन्डोनेसियाका ग्रेसिया पोली र रहायु अप्रीयानीको जोडीले जितेको छ । सो जोडीले चीन चीनका चेन क्वीन र यी फानको जोडीलाई हराएको हो । सो स्पर्धामा दक्षिण कोरियाका किम सोयंग र को होयोंगको जोडीले काश्य पदक पायो । 
एथलेटिक्समा महिला १०० मिटर हर्डल्समा प्युरेटीकाकी जस्मिन क्वीन कमाचोले स्वर्ण, अमेरिकाकी केन्द्रा ह्यारिसनले रजत तथा जमैकाकी मेघान टपरले कास्य पदक पाए ।

पुरुष हाई जम्पमा ग्रीसका टेन्टगोलाउ मेटासीसले स्वर्ण तथा क्युबाका इचेभारियाले कास्य पदक पाए । क्युबाकी मासो मकायलले कास्य पदक पाए । एथलेटिक्समा  साँझको सत्रमा महिला डिस्कस  थ्रो, पुरुष ३ हजार मिटर स्टीपल चेज  र महिला ५हजार मिटर दौडको स्पर्धा सोमबार हुने छ । यी तीन  पदकको टुङ्गो लाग्दा दुई मध्यम दुरीका दौडमा अफ्रिकी महादेशका खेलाडीको पकड रहने सम्भावना प्रबल रहेको छ । 

सोमबार नै जिम्न्यास्टिकमा पुरुषमा भोल्ट र रिङ तथा महिलामा फ्लोरको स्पर्धा हुने छ । फ्लोरमा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड रहेको थियो । उनको अनुपस्थितिमा फ्लोरको  उपाधि होड खुला भएको छ । 

ट्र्याक साइक्लिङमा महिला स्प्रीन्टको स्वर्ण पदकको टुङ्गो सोमबार लाग्ने छ । यो स्पर्धामा युरोपेली खेलाडीकै प्रभाव रहने छ  । इक्वेस्ट्रियनमा जम्पीङ टिम र व्यक्तिगत इभेन्टीङ जम्पको फाइनल हुने छ । सेलिङमा महिला स्कीफ र पुरुष स्कीफको पदको टुङ्गो लाग्ने छ । सुटिङमा पुरुषको २५ मिटर रेपिड फाइर पिस्तोलको फाइनल हुने छ ।  यसै गरी ,५० मिटर राइफल थ्री पोजीसनको पनि फाइनल हुने छ । 

भारोत्तोलनको महिला ८७ किलो र ८७ किलो भन्दा माथिको स्पर्धामा फाइनल हुने छ  भारोत्तोलनमा चीनलाई बलियो मानिएको छ । रेस्लिङमा ग्रीको रोमन पुरुष ६० किलोको  फाइनल हुने छ  । जापानका केन्चीरो फुमीता र क्युबाका ओर्टा साचेज बिच यो स्पर्धामा उपाधि भिडन्त  हुने छ । फ्रिस्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलीन ग्रेले जर्मनीकी रोटर फोकनको सामना  गर्ने छिन् । 

महिला फुटबलको सेमिफाइनल खेल पनि सोमबार साँझ हुने छ । अमेरिकाले क्यानडाको सामना गर्ने छ भने स्विडेनले अस्ट्रेलियासँग खेल्ने छ । क्यानडाले यस अघि बलियो टोली ब्राजिललाई हराएको थियो ।