६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र नं १ को मतगणना सुरु



अ+ अ-

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । उहाँको छ सय २९ मत प्राप्त हुँदा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक सय ६९ मत ल्याउनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ (क) मा जनमत पार्टीका सतिश सिंहले सात सय ३१ मत प्राप्त गर्दा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक सय ५२ र जसपाका शैलेन्द्रप्रसाद साहले एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा क्षेत्र नं २ (ख) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा लोकतान्त्रिक– वाम गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारले ढिलागरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताउनुभयो । क्षेत्र नं ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उहाँको भनाइ थियो । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो ।




भर्खरै