९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमको छथरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपत्र साटिएपछि पुन: मतदान हुने



अ+ अ-

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि मंगलबार पुनः मतदान हुने भएको हो ।

जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुनः मतदानको लागि निर्वाचन आयोगमा पत्र पठाईसकेको छ ।

उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको ठाउमा प्रदेशसभा प्रत्यक्षको र प्रदेशसभाको प्रत्यक्षको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिएको खुलेको छ ।

त्यस्तै उक्त मतदान केन्द्रबाट ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । यस केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।