६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता



अ+ अ-

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिनुभयो ।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ ।