२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ३ मा भोलिदेखि मात्रै मतगणना



file
अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताउनुभयो ।

“सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ । त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ”, निर्वाचन अधिकृत शाहीले भन्नुभयो ।

अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो । मतपेटिका बुझिसकेपछि अहिले ९ बजे फेरि सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्नेबारे अन्तिम निर्णय गरिने उहाँको भनाइ छ । काठमाडौँ क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ ।