२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोक्यो ओलिम्पिक्समा पहिलो साताका अनौठा र रोचक पाँच क्षण



अ+ अ-

बीबीसी। टोक्यो ओलिम्पिक्स सुरु भएको एक हप्तामा थुप्रै रोमाञ्चक कुराहरू भएका छन्। अमेरिकी जिम्न्यास्टिक खेलाडीले देखाएको कला होस् वा मानसिक स्वास्थ्यका लागि भन्दै समोन बायल्स खेलबाट पछाडि हटेको विषय, विश्वभरि ओलिम्पिक्स खेलका विभिन्न पक्षका समाचारका शीर्षक बनेका छन्। अन्य थुप्रै रोचक क्षण र उत्कृष्ट जित पनि देखिएका छन्।

पुछारका खेलाडीको स्वर्ण पदक


किशोर पौडीबाज अहमद हाफ्नाओई ४०० मिटर ‘फ्रीस्टाइल’मा आश्चर्यजनक जित हासिल गरेर स्वर्ण पदक जित्ने पहिलो अफ्रिकी खेलाडी हुँदा त्यसले सबैलाई अचम्मित पार्‍यो।

१८ वर्षीय उनी छनोट चरणको खेलमा सबैभन्दा पुछारमा रहेर फाइनलमा पुग्ने खेलाडी थिए। उनको जित ओलिम्पिक्समा अहिलेसम्मको सबैभन्दा ठूलो अचम्मको विषय मानिएको छ।

“म अन्तिम चरणका लागि छानिएँ भन्दा छक्क परेको थिएँ र अहिले स्वर्ण जितेर फेरि चकित भएको छु,” हाफ्नाओईले भने।

उनको जित कतिसम्म आश्चर्यचकित पार्ने घटना थियो भने उनले पौडीस्थलमा पूरा पोसाक पनि ल्याएका थिएनन् र उनले टिसर्टमात्रै लगाएर पदक थाप्नुपर्यो।

दाजुबहिनीको स्वर्णपदक

आबे परिवारका लागि आइतवार निकै गज्जबको दिन थियो। बुडोकन मार्सल आर्टस्‌ एरिनाबाट उनीहरूले घरमा एउटा होइन, दुईवटा स्वर्ण पदक लगेका थिए।

फ्रान्सकी अमान्दिन बुचार्डलाई हराएकी हुन्। विगत चार वर्षमा बुचार्डलाई हराउने उटा एक्ली खेलाडी हुन्। फ्रान्सकी अमान्दिन बुचार्डलाई हराउने उटा चार वर्षमा पहिलो खेलाडी हुन्।

जुडो ५२ किलो महिलातर्फ जापानका लागि ओलिम्पिक खेल जित्ने उटा आबे पहिलो खेलाडी बनिन्। त्यसकै केही बेरमा उनका दाइ हिफुमाले जुडो ६६ किलो पुरुषतर्फ आयोजक देशलाई विजयी बनाए।

एकै दिन ओलिम्पिक स्वर्ण पदक दाजुबहिनीले जितेको यो पहिलो घटना हो। खेल्न जानुअगाडि आफ्नी बहिनीले जितिसकेको थाहा पाएपछि ठट्टा गर्दै हिफुमीले भनेका थिए, “उनको दाइ भएको हिसाबले हार्ने छुट मलाई छैन।”

कोभिडका कारण छनोट चरणको प्रतियोगिता हुन सकेको थिएन र उनी झन्डै ओलिम्पिक्स नै खेल्न नपाउने भएका थिए।उनकी बहिनी उटाको ओलिम्पिक कथा नाटकीय छ। उनले फाइनलमा फ्रान्सकी अमान्दिन बुचार्डलाई हराएकी हुन्। विगत चार वर्षमा बुचार्डलाई हराउने उटा एक्ली खेलाडी हुन्।

किशोरी विजेता

ओलिम्पिक्समा स्वर्ण जुन उमेरमा जिते पनि त्यसले प्रभावित पार्छ। किशोरावस्थाको अन्त्यतिर जिते पनि त्यो गज्जब हो तर मात्रै तेह्र वर्षको उमेरमा ओलिम्पिक जित्नु लगभग अपत्यारिलो हो।

तर सोमवार महिलातर्फको स्ट्रीट स्केटबोर्डिङ खेलमा मोमिजी निशियाले स्वर्ण पदक जितेर चकित पारिन्।रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल मोमिजीभन्दा १२७ दिन कान्छी छिन्।

कास्य पदक जित्ने जापानकै फुना नाकायामा अलिकति बढी १६ वर्षकी छन्। औसतमा तीन जना विजेताको उमेर निकाल्दा १४ वर्ष १९१ दिन हुन्छ।

गणितज्ञको जित

अस्ट्रियाकी आना किजनहोफले महिला साइक्लिङ रोड रेसतर्फ स्वर्ण जित्दा उनका प्रतिस्पर्धीले उनलाई बधाई दिएनन्। त्यसमा व्यक्तिगत कारण केही थिएन। मात्रै के हो भने उनी अरूभन्दा यति धेरै अगाडि थिइन् कि उनले जितेकी हुन् भनेर पत्याउनै सकेनन्।

उनी खेलको सुरुमै अरूभन्दा अगाडि थिइन् तर उनका धेरैजसो प्रतिस्पर्धीले उनलाई समूहमा पछाडि परेको ठानेका थिए।

किजनहोफ भने अगाडि नै रहिन् र उनका प्रतिस्पर्धीहरूले उनी कहाँ पुगिन् भन्ने मेसो पाएनन्। समय, सङ्ख्या र ठाउँबारे उनलाई कुनै समस्या छैन।

उनले युकेको युनिभर्सिटी अफ केम्ब्रिजबाट गणितमा स्नातकोत्तर डिग्री गरेकी छन् भने बार्सिलोनाको पोलिटेक्निक युनिभर्सिटी अफ क्याटलोनियाबाट विद्यावारिधि गरेकी छन्।

सन् २०१७ यता साइक्लिङ टोलीसँग अभ्यास नगरेकी उनी जितको जस ओलिम्पिक अगाडिको आफ्नै तालिकालाई दिन्छिन्। “धेरै खेलाडीहरूको आफ्नो तालिम दिने, पोषण मिलाइदिने र अभ्यासको योजना गरिदिने छुट्टै मानिस हुन्छन्। यी सबैको व्यवस्था म आफैँ गर्छु।”

एउटा शक्तिशाली विरोध

टोक्यो गेम्स सुरु हुने अन्तिम निर्णयमा पुग्दा ओलिम्पिक अधिकारीहरू विवादास्पद ‘नियम ५०’ हटाउन दबावमा परेका थिए। उक्त नियम अनुसार खेलाडीले खेलका बेला कुनै किसिमको राजनीति अभिप्रेरित विरोध गर्न पाउँदैन।

अधिकारीहरूले प्रतिबन्धहरूलाई खुकुलो पार्ने निर्णय गरे तर पनि थुप्रै प्रतिस्पर्धीहरू बेखुसी नै रहे। एक खेलाडीले भने एउटा जुक्ति पत्ता लगाइन्।

महिला जिम्न्यास्टिक छनोटतर्फ आइतवार कोस्टारिकाकी लुसियाना अल्भाराडो एउटा घुँडा जमिनमा टेकेर र एउटा मुठ्ठी आकाशतिर देखाएर ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई समर्थन जनाइन्। उक्त आन्दोलन सम्झना गर्दाको यो तस्बिरलाई कोस्टारिकाका जिम्न्यास्टिक महासङ्घले प्रेषित गरेको थियो।

अल्भाराडोले एउटा विश्वव्यापी मञ्चमा त्यसो गर्दा समान अधिकारको महत्त्वलाई त्यसले प्रकाश पार्ने र जित्ने सबैलाई सम्मान र गौरवसाथ व्यवहार गरिने आशा राखेको बताइन्। “किनभने हामी सबै उस्तै हौँ,” उनले भनिन्, “र हामी सबै सुन्दर र अद्भुत छौँ।”