• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   जितले मात्रै आरसीबीलाई प्लेअफमा पुर्‍याउँदैन, ‘डु प्लेसिस ग्याङ’लाई भाग्यको साथ चाहिन्छ ★   अशोक राई नेतृत्वको जसपा सरकारमा जाने, यी ३ बन्नेछन् मन्त्री ★   पर्यटक तान्दै मोटरबोट ★   सरकारको स्थीरतामा कुनै समस्या छैन,अहिलेको समीकरण पूरै कार्यकाल जान्छ: प्रधानमन्त्री ★   आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना: विभाग ★   गर्मी छल्न नरपानी ★   सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ ★   नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध ★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान



मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।उहाँले मतदातासँग लाइनमै बसेर मतदान गर्नुभएको हो ।

मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

पाण्डेसँग नेकपा ९एमाले०का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका(६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका(७ सालबास मावी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका(७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका(४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।