८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने

आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३औं खेलमा आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज गुजरात र कोलकाता सिजनको १३औं खेल खेल्दैछन् । कोलकाताले १२ खेलमध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ। अर्कोतर्फ, १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अंकसहित ८ नम्बरमा छ । टाइटन्सलाई प्लेअफको आशा कायम राख्न आजको खेलमा जित आवश्यक छ ।

दुवै टोली चौथो पटक आमनेसामने हुँदै

आइपिएलमा चौथो पटक टाइटन्स र नाइट राइडर्स भिड्दैछन् । यी दुईबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । गुजरातले २ र कोलकाताले १ जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा दुवै टोली एकपटक भिडेका थिए, उक्त खेलमा केकेआर ३ विकेटले विजयी भएको थियो।

साई सुदर्शन जीटी शीर्ष रन स्कोरर

पहिलो दुई सिजनमा प्लेअफमा पुग्ने जीटीको प्रदर्शन यस सिजनमा भने खास भएन। साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १२ खेलमा ५२७ रन बनाएका छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १३ विकेट लिएका छन् ।

केकेआरका लागि नारायणको सर्वाधिक रन

यस सिजनमा कोलकाताको उत्कृष्ट लय जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन् । टोलीका लागि सुनिल नारायण र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् । नारायण ४६१ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । वरुण चक्रवर्ती १२ खेलमा १८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

गुजरात टाइटन्सको सम्भावित प्लेइङ-११:

शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।

ईम्प्याक्ट प्लेयर: सन्दीप वारियर।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइङ-११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना।

ईम्प्याक्ट प्लेयर: वैभव अरोरा।