६ श्रावण २०८३, बुधबार
,
Latest
एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान



अ+ अ-

मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।उहाँले मतदातासँग लाइनमै बसेर मतदान गर्नुभएको हो ।

मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

पाण्डेसँग नेकपा ९एमाले०का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका(६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका(७ सालबास मावी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका(७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका(४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।