• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध



त्रिवेणी । नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो ।

नदीले कटान गर्नसक्ने सम्भावित क्षेत्रमा आवश्यकताअनुसार ग्याबिन तार जाली लगाउने, ठूला ढुङ्ग किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउनेलगायत काम भइरहेको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी शेखरनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“नवलपरासीतर्फका विभिन्न स्थानमा आवश्यकताअनुसार नदी नियन्त्रणका काम भइरहेका छन् । गर्नुपर्ने क्षेत्र धेरै छन्, अहिले जोखिको अवस्था हेरी प्राथमिकताक्रमअनुसार काम गरिरहेका छौ”, उहाँले भन्नुभयो ।

नवलपरासी पूर्व नवलपुरको गैँडाकोट खण्डमा ठूलो लागतमा कङ्क्रिटको ब्लक राख्ने, नदीजन्य पदार्थबाट ड्याम लगाउने काम भइरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार विसं २०८२ जेठसम्ममा सम्पन्न गर्नेगरी रु एक अर्ब नौ करोडको लागतमा रमण त्रिवेणी जेभीले काम गरिरहेको छ । यहाँ करिब चार किलोमिटर क्षेत्रमा नदी नियन्त्रणको काम भइरहेको छ ।

नवलपुरको देवचुली नगरपालिकाअन्तर्गत पर्ने प्रिहर, मध्यविन्दु नगरपालिकाको ब्रह्मस्थानमा ठूला ढुङ्गा नदी किनारमा राखी कटान नियन्त्रणको काम भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रोजन निर्माण सेवाले रु १२ करोड लागतमा काम गरिरहेको हो ।

कावासोतीको अमलटारी क्षेत्रमा भने बजेट अभावका कारण यस वर्ष काम गर्न नसकिएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । कावासोती–११ र मध्यविन्दु–१५ को प्रसौनी खण्डमा केबिसी नवलपुर जेभीले रु १२ करोड लागतमा ग्याबिन तारजाली लगाउने काम गरिरहेको उहाँले बताउनुभयो । साथै नवलपरासीको सुस्ता खण्डमा पनि तटबन्धको काम भइरहेको छ ।

नारायणी नदीले बर्सेनि नवलपुरतर्फको धेरै जमिन कटान गर्दै गएको र यसको नियन्त्रणका लागि ठूलो बजेट राखेर सबै खण्डमा काम गर्नुपर्ने नारायणी नदीसँगै सीमा जोडिएको मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

थोरै लागतमा केही खण्डमा मात्रै गरिने कामले केही जोखिम घटाए पनि स्थायीरुपमा रहन नसक्ने हुँदा पूर्णरुपमा नदी नियन्त्रणको काम गर्नुपर्नेमा वडाध्यक्ष अधिकारीले जोड दिनुभयो । सङ्घीय सरकारले तटबन्ध निर्माणका लागि विशेष योजना बनाएर बनेट छुट्याउनुपर्ने उहाँको भनाइ छ ।रासस