२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 3.09

Humidity: 56

Latest
नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितले मात्रै आरसीबीलाई प्लेअफमा पुर्‍याउँदैन, ‘डु प्लेसिस ग्याङ’लाई भाग्यको साथ चाहिन्छ



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा राम्रो सुरुवात नगरेको हुन सक्छ, तर यो टोली अब लयमा फर्किएको छ ।

टोलीले लगातार पाँच खेल जितेर प्लेअफको दौडमा आफूलाई जीवित राखेको छ । आरसीबीको अझै दुई खेल बाँकी छ र यी दुई खेलमा यो टोलीको भविष्य निर्भर छ । प्लेअफमा जानका लागि आरसीबीले दुवै खेल जित्नुपर्छ तर जितेर मात्रै यो टोलीलाई फाइदा हुँदैन ।

आइतबार भएको खेलमा आरसीबीले दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । यो खेल आरसीबीले ४७ रनले जित्यो । आरसीबीको यो लगातार पाँचौं जित हो । यो जितपछि उसको पाँच खेलमा १३ अंक छ र अझै एक खेल खेल्न बाँकी छ ।

यदि आरसीबी प्लेअफमा जान चाहन्छ भने उसले आफ्नो बाँकी एक खेल जित्नुपर्नेछ । तर यो खेल जितेर पनि आरसीबीको प्लेअफ सिट पक्का हुने छैन । आरसीबीले अन्य टोलीहरूमा भर पर्नुपर्नेछ । आरसीबीले आफ्नो खेल जित्नुको साथै सनराइजर्स हैदरावादले आफ्ना दुवै खेल हार्ने आशा राख्नुपर्नेछ ।

यस बाहेक उसले लखनउ सुपर जायन्ट्सले आफ्ना दुई खेल हार्ने आशा पनि राख्नुपर्नेछ । हैदरावादको १२ खेलबाट १४ अंक छ । जबकि लखनउको १२ खेलमा १२ अंक छ । यदि हैदरावादले आफ्ना दुवै खेल जित्यो भने यो टोली छनोट हुनेछ ।

आरसीबीको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग हुनेछ । यो खेल मे १८ मा हुने छ । चेन्नईको यो अन्तिम खेल पनि हो । दुवैको नेट रन रेटमा समस्या छ । यदि आरसीबीले यो खेल १८ रनले जित्छ वा १८.१ ओभरमा चेन्नईले दिएको लक्ष्य पछ्याउँछ भने आरसीबी चेन्नईको सट्टा प्लेअफमा पुग्ने छ ।