६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको थियो ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ ।’

ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।




भर्खरै