६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा मतदान स्थलको सम्पूर्ण तयारी पूरा



अ+ अ-

सुर्खेत । सुर्खेतमा भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । कुल २ हजार ५७९ मतदाताहरु रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ वटा मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताउनु भयो । उहाँले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) मा छौँ । हामीले भोलिको निर्वाचनको लागि सम्पूर्ण तयारी गरिसकेका छाै । २,५७९ मतदाता, ३ वटा मतदान केन्द्र, हामीले मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाएका छौँ ।’

निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयाी पूरा भएको जनाएको छ । यता गृह मन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकिसकेको र निर्वाचन भयरहीत, स्वतन्त्र र निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ ।




भर्खरै