३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उमेर नपुग्दै किन फुल्छ कपाल ? यस्तो छ बच्ने उपाय

उमेर नपुग्दै किन फुल्छ कपाल ? यस्तो छ बच्ने उपाय
अ+ अ-

काठमाडौं । मानिसको सौन्दर्यको पहिचान र व्यक्तित्व विकासमा कपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर कतिपय मानिसलाई कपाल फुल्ने समस्याले छिट्टै नै सताउने गर्छ । उमेरको वृद्धिसँगै शरीरमा कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदै जादाँ वृद्ध उमेरमा कपाल फुल्ने वा सेतो हुनुलाई सामान्य मानिन्छ । तर, अहिलेको अधिकांश मानिसहरूमा अल्पायुमै पनि कपाल फुलेको देखिन्छ । कपाललाई कालो बनाउनका लागि केमिकलयुक्त हेयर कलर खोजिरहनु भएको छ भने त्यो हानिकारक हुनसक्छ । यसले क्षणिक रुपमा त समस्याबाट पार लगाउँछ तर, दीर्घकालिन रुपमा नराम्रो क्षति पुर्‍याउन सक्छ । त्यसैले यसको उपचार प्राकृतिक विधीबाट नै खोज्नुपर्छ ।

किन फुल्छ कपाल ?

सामान्यतया ३० वर्षपछि कपाल सेतो देखिन थाल्यो भने यो समान्य मान्नुपर्छ तर ३० वर्ष पहिले नै सेतो कपाल देखियो भने त्यसलाई अस्वभाविक अवस्था मान्नुपर्छ  । यसलाई ‘प्रि मेच्युअर ग्रे अफ हेयर’ भनिन्छ । सेतो कपाल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् । मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् । पोषणको कमीले पनि कपाल फुल्ने समस्या हुन्छ । त्यसैगरी, भिटामिनहरु जस्तोः भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुँदा कपाल फुल्न सक्छ  ।

बच्ने उपाय

अमला: सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ । यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्व जस्तो कि भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

सुख्खा अमला पिसेर पाउडर बनाउने । त्यसलाई नरिवलको तेलसँग मिसाउने । उक्त मिश्रणले राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ । यदि अमलासँगै मेथी दाना पनि तताएर लगाइयो भने थप प्रभावकारी हुन्छ ।

नरिवलको तेल र कागती रस: नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल र्झनबाट समेत बचाउँछ । साथै नरिवल तेलले कपाललाई पोषण पनि दिन्छ । त्यतीमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ ।

यता कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ । एक घण्टापछि कपाल धुनुपर्छ । यसलाई लगाएर घाममा भने बस्नु हुँदैन । नरिवल तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ ।

तोरीको तेल: तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ ।

प्याजको रस: सेतो कपालबाट मुक्ति पाउनका लागि एउटा सहज उपाय हो, प्याजको प्रयोग । प्याजमा यस्तो तत्व पाइन्छ, जसले कपाललाई सेतो बनाउने क्यास्टेल एन्टि अक्सिडेन्टको कमी हताएर कालो बनाइदिन्छ । प्याजलाई सलादको रुपमा सेवन गर्ने र त्यसको रस निकालेर कपालमा प्रयोग गर्नाले कपाल कालो हुन्छ ।

अन्य उपाय

– घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गरौ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।

– भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।

– सि फुड्स, मासु, अन्डा, दुध सेवन गरौँ ।

– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौँ।

– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ ।

(एजेन्सीको सहयोगमा)