• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै ★   कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज



File Photo: CAN

काठमाडौं । घरेलु टोली नेपालले युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

युएईले नेपालको लागि दिएको १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । आसिफले सर्वाधिक ८८ रन बनाए । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ६४ रनको योगदान दिए । उनले ७३ बलमा ७ चौका र ३ छक्का हाने। कप्तान रोहित पौडेल १० रन र ओपनर अर्जुन साउद ९ रनमा आउट भए । त्यस्तै दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए ।

युएईका तर्फबाट हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले २० रन बनाए । आयन र हजरतले ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ र मुहमद वासिमले ११ रन जोडे ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।