२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज



File Photo: CAN
अ+ अ-

काठमाडौं । घरेलु टोली नेपालले युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

युएईले नेपालको लागि दिएको १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । आसिफले सर्वाधिक ८८ रन बनाए । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ६४ रनको योगदान दिए । उनले ७३ बलमा ७ चौका र ३ छक्का हाने। कप्तान रोहित पौडेल १० रन र ओपनर अर्जुन साउद ९ रनमा आउट भए । त्यस्तै दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए ।

युएईका तर्फबाट हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले २० रन बनाए । आयन र हजरतले ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ र मुहमद वासिमले ११ रन जोडे ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।