१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे



अ+ अ-

एजेन्सी । भारतिय गायिका मोनाली ठाकुरलाई हालैको एक कन्सर्टमा दुर्व्यवहार गरिएको छ । गायिका स्टेजमा प्रस्तुति गरिरहेकी थिइन्, यसैबीच भीडमा उभिरहेका एक व्यक्तिले उनको निजी अंगमा टिप्पणी गरे ।

गायिकाले त्यो सुन्नेबित्तिकै कन्सर्ट बीचमै रोकेर कमेन्ट गर्ने व्यक्तिलाई गाली गरिन् । गायिकाले मानिसहरु भीडमा लुकेर यौन उत्पीडन गर्दै त्यसबाट बच्ने गरेको बताइन् ।

मोनाली जुन २९ शनिबार भोपाल (मध्य प्रदेश)स्थित सेज युनिभर्सिटीमा कार्यक्रम गर्न आएकी थिइन् । कन्सर्टमा कलेजका बालबालिकाको भीड थियो ।

कार्यक्रम चलिरहेको बेला अचानक मोनालीले गाउन छोडिन् । भीडतर्फ इशारा गर्दै उनले आफ्नो टोलीलाई केही भनिन् र रिसाइन् । यसपछि मोनालीले माइकमा ती व्यक्तिलाई सार्वजनिक रूपमा गाली गर्दै भीडमा उभिएका एक व्यक्तिले उनको प्राइभेट पार्टमा कमेन्ट गरेको बताएकी थिइन् ।

गायिकाले भनिन्, ‘केही मानिसहरु लुकेरै कमेन्ट गर्छन् । यो यौन उत्पीडन हो र यो ठीक छैन । म यो मुद्दामा मेरो आवाज उठाइरहेको छु, ताकि उसले यो सम्झन सकोस् ।’

मोनालीले थप भनिन्, ‘यदि कसैले सार्वजनिक रुपमा यसरी कराउँछ भने त्यो ठीक होइन । तिमी यस्तो हुनुहुँदैन, तिमी सानै छौ । तिमीले त्यस्ता कुराहरू भन्नु हुँदैन । यो मेरो लागि मात्र होइन तर कसैको लागि सुन्न राम्रो हुनेछैन । यति मात्र भन्न चाहन्छु । मैले यसमा आवाज उठाउनु पर्यो, किनभने मानिसहरू लुकेर बाहिर निस्कन्छन् । मौका पाएपछि भनेँ । बाँकीको बारेमा थाहा पाएको भए अरूलाई पनि यो साँच्चै गलत हो भनी बताउँथे ।’

मोनाली ठाकुरको टोलीले केटालाई सम्झाएको थियो । कुरा शान्त भएपछि मोनालीले समय खेर नफाल्दै फेरि गाउन थालिन् ।

३८ वर्षीया गायिका मोनाली ठाकुर ‘सवार लुँ’, ‘ये मोह मोह के धागे’, ‘तुने मारी इन्ट्री’ र ‘जरा जरा टच मी’ जस्ता उत्कृष्ट गीतका लागि परिचित छिन् । फिल्म दम लगा के हैशाको ‘ये मोह मोह के धागे’ गीतका लागि उनले २०१५ मा राष्ट्रिय पुरस्कार पाएकी थिइन् । उनी सिंगर, राइजिङ स्टार, सारे गमा पा र सुपर सिंगर जस्ता कार्यक्रममा जजको रुपमा पनि देखिएकी छिन् ।