२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा



file
अ+ अ-

काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा हुनुहुन्छ । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराउनुभएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादीलगायतका दलको समर्थन छ ।

बुधबार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटिनुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उहाँको भनाइ छ ।

“मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वभाविक हो, तर बन्दै गरेको सहर हो”, उहाँले भन्नुभयो, “केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।”

थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताउनुभयो । “उहाँहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ”, थापाले भन्नुभयो । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ ।

आफूनो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएँ भने के गर्ने भन्नेमा पनि रहेको उहाँले बताउनुभयो ।
“संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस भन्ने हो”, उहाँले भन्नुभयो, “त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले पाँच वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।”

उम्मेदवार थापाले सत्ता गठबन्धनको निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनपछि पनि गठबन्धनका दलसँग मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ ।

सत्ता गठबन्धनको सरकार बनेमा क्षमतालाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “क्षमता मूल्याङकन गर्न सकेनौँ भने २०४८ मा एकल बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसक्ने अवस्था आउनसक्छ ।” गत निर्वाचनमा पनि नेकपा एमालेसँग पनि बहुमत भएर पनि सरकार चलाउन नसकेको उहाँको भनाइ छ ।

थापाले सत्ता गठबन्धनको जितपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । “ठूलो दलका रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर पार्टीभित्रै पनि आफ्नै विधि, विधान, परम्परा छ । हामीले पहिला आफ्नो दलको नेता छान्नुपर्छ ।”