२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा



अ+ अ-

जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।

भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताउनुभयो ।

सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जमा लिने गरेका छन् ।

रु तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ ।

सरकारी स्वमित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्नेछ । जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुनबित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटोसमेत खुल्ने छ ।

अहिले रहेको जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने सडकभन्दा जाजरकोट भएर सुर्खेत नेपालगञ्ज जानका लागि सात घण्टा बाटो छोटो हुने गर्दछ । कर्णालीको सबैभन्दा बढी जडीबुटी डोल्पा, जुम्लालगायतका साविकको कर्णालीमा बढी पाइने गर्दछ ।

डोल्पा र रुकुमपश्चिममा उत्पादन भएको जडीबुटीसमेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ । भेरी करिडोर नेपाल–भारतको सिमाना जमुनाहबाट सुरु भएर चीनको तिब्बतसम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रूपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तरोन्नति अहिले सुरु भएको छ । स्तरोन्नति सकिएपछि सबैभन्दा बढी जडीबुटी व्यापारीका साथै आर्थिक उर्पाजनका रूपमा स्थानीयवासीलाई पनि पर्नेछ । धल्दा रुकुमपश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ ।

प्रशोधन केन्द्र बनेपछि सङ्कलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ ।

यस्तै रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, वनलसुन, सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठ्ठाको सङ्कलन तथा निकासी भएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक रु १० करोडको व्यापार हुने अनुमान गरिएको छ ।




भर्खरै