२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

नेपाल युएईसँग ८४ रनले पराजित

नेपाल युएईसँग ८४ रनले पराजित
अ अ+ अ-

काठमाडौँ । तीन एक दिवसीय श्रृंखला अन्तर्गत पाहुना टोली युएईसँगको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको समाप्तिमा नौ विकेट गुमाएर मात्र १ सय ७९ रन जोड्न सक्यो । रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा ओपनर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । ओपनर अर्जुन साउदले ७९ बल खेल्दा ५ चौकाको सहयोगमा ५१ रन जोड्ने क्रममा पवेलियन फर्किन पुगेका थिए ।

चौथो विकेटको जाँदा स्कोरकार्डमा मात्र ४१ रन जोडेको नेपालले ५ विकेट जाँदा अर्जुनलाई गुमाउन पुगेको थियो । यस्तै ८४ बलको सामना गरेका दीपेन्द्रले ५४ रन जोड्दा ६ चौका प्रहार गरेका थिए । यस बाहेक अर्का ओपनर आसिफ शेखले १२ रन जोड्दा गुल्सन झा १९ रनमा अविजित रहे । यस्तै डेब्युटेन्ट हरिशंकर साह ८ रनमा पवेलियन फर्किए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका आयन अफ्जल खानले सर्वाधिक ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले रोहन मुस्ताफाको अर्धशतकको सहयोगमा नेपालामु जितका लागि २ सय ६३ रन बनाएको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाउँदा मुस्ताफाले अर्धशतकीय पारी खेलेका हुन् ।

७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफाले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन बनाए । त्यस्तै ओपनर अरविन्दले ४० रन बनाए । अरविन्दले पहिलो विकेटका लागि अर्का ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे । बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ । त्यसैले युएईबिरुद्धको श्रृंखलालाई नेपालले अभ्यासको रुपमा लिएको छ । तीन एक दिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ ।