• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

निर्वाचनले रोकेन युवालाई विदेशिन, असोजमा ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति



फाईल फोटो

काठमाडौं । मंसिर ४ गते देशभर एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी हुँदैछ । तर, मतदाता भने रोजगारीको खोजीमा देश छोडेर विदेशिन वाध्य छन् । झन वैदेशिक रोजगारीमा जानेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।

गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिला रहेका छन् ।

असोज महिनामा सबैभन्दा बढी मलेसिया जान श्रम स्वीकृति लिएका छन् । विभागको अनुसार मलेसिया जान असोजमा २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको आुसार आर्थिक वर्ष २०७९र८० पछि वैदेशिक रोजगारीमा जानेहरुमा साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएका छन् ।