• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपालमा



काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् ।

दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको हो ।

नेपालले रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ । राष्ट्रिय टोलिका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भने खेलबाट बाहिर रहनेछन् । पाकिस्तानले पनि हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाल र पाकिस्तानबीच फिफा डे अन्तर्गत हुने मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ ।

साँझ ५ः०० बजे सुरु हुने उक्त खेललाई एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

यस्तै, एन्फाका अनुसार टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्नेछन् । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।