१४ श्रावण २०८३, बिहीबार
,
Latest
इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएइसँगको श्रृंखला अवसर हो– प्रशिक्षक मनोज प्रभाकर



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमवारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकारले विश्वकप खेलेर फर्किएको टोली युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको बताउनुभएको हो । प्रशिक्षक प्रभाकारले युवा खेलाडीको बाहुल्यता भएको टोलीले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्नुभयो । युएईसँग खेल्न पाउनु लिग–२ को श्रृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताउनु भयो । प्रशिक्षक प्रभाकरले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुशी व्यक्त पनि गर्नुभयो ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । खेलको अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा दवबै टोलीका कप्तानले राम्रो खेलेर श्रृंखला आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै युएईसँगको खेल राम्रो हुने अपेक्षा राख्नुभयो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अघि विश्वकप खेलेको टोलीसँग अनुभव सगाल्ने राम्रो अवसर भएको बताए ।

यस्तै युएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिष्पर्धात्मक खेल हुने धारणा राख्नुभयो । उहाँले घरेलु टोलीसँग राम्रो खेलेर श्रृंखलाको उपाधि लगेर जाने खेल अघिको पत्रकार सम्मेलनमा बताउनु भयो ।

भ्रमणकारी युएईसँगको खेलका लागि शुक्रवार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । उता युएईले पनि नेपाल भ्रमणका लागि कार्तिक २६ गते नेपाली भूमीमा केही प्रतियोगिता खेलेर अनुभव बटुलेका रोहन मुस्ताफालाई समेट्दै १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो । यस्तै क्यानले युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टिकट मूल्य पनि तय गरेको छ । क्यानले सिरिजको टिकट मूल्य २ सय राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला अन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ ।