१४ श्रावण २०८३, बिहीबार
,
Latest
इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप फाइनलः उपाधि जित्न इंग्ल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० पुरुष विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन जोड्यो ।

पाकिस्तानका लागि सान माशुदले २८ बलमा ३८, कप्तान बाबर आजमले २८ बलमा ३२ रन जोड्दा मोहम्मद रिजवानले १४ बलमा १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका लागि साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए ।