२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यासपछि पारसको योजनाः क्रिकेट व्यवस्थापनमा इच्छुक, छिट्टै क्रिकेट एकेडेमी खोल्ने(भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आगामी दिनमा आफु क्रिकेट व्यवस्थापनमा आउन इच्छुक भएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणापछि आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्ने र आफुले छिट्टै क्रिकेट एकेडेमी खोल्ने पनि जानकारी दिए । पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु क्रिकेट भने खेल्ने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पारसले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको र आउदो ८ १० बर्षमा नेपालले टेस्ट मान्यता पाएमा त्यो ठुलो उपलब्धि हुने बताएका थिए । पारसले थप्दै अहिलेको प्राथमिकता एकदिवसीय मान्यतालाई निरन्तरता दिने तर्फ हुनुपर्ने बताए ।

नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुग्नको लागी सबैको सहयोग र मिहिनेत रहेको पनि बताए । साथै पारसले चाँडै नै क्रिकेटमा सिकेका र भन्न नसकेका कुराहरुलाई समेटेर किताब लेख्ने योजना रहेको पनि सुनाए ।