५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका ७५ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् । कार्यक्रममा डिकेश लामाले कम्युनिष्ट पार्टीको रक्षा र एकीकरण नेकपा एसबाट मात्र सम्भव भएकोले आफूहरू एकीकृत समाजवादीमा समाहित भएको बताए ।