२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका ७५ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् । कार्यक्रममा डिकेश लामाले कम्युनिष्ट पार्टीको रक्षा र एकीकरण नेकपा एसबाट मात्र सम्भव भएकोले आफूहरू एकीकृत समाजवादीमा समाहित भएको बताए ।