२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्डल्समा जमैकालाई स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकमा पुरुष ११० मिटर हर्डल्सको उपाधि जमैकाका हान्से पार्चमेन्टले स्वर्ण पदक जिते । सो स्पर्धामा अमेरिकाका ग्रान्ट होलवेले रजत तथा जमैकाका रोनाल्ड लेभीले कांस्य पदक जिते । पुरुष सट पुटमा विश्व कीर्तिमान धारी अमेरिकी र्यान क्रुजरले स्वर्ण तथा अमेरिकाकै जोय कोभाकले रजत पदक जिते ।

सो स्पर्धामा न्युजील्यान्डका टोमास वाल्सले कांस्य पदक जिते । पुरुष ट्रिपल जम्पमा पोर्चुगलका पिचार्डो पेड्रोले स्वर्ण, चीनका झोउ यामलिङले रजत तथा बुर्कीना फासोका फब्राइस ह्युजले कांस्य दिक जिते । पुरुष कायाक २०० मिटरमा हंगेरीका सान्डोर टोक्टाले  स्वर्ण,इटालीका रिजा मान्फ्रेडीले रजत तथा बेलायतका लियाम हेल्थले कांस्य पदक जिते । महिला क्यानोइ २०० मिटरमा अमेरिकाकी नेभिन ह्यारिसनले स्वर्ण,क्यानडाकी भिन्सेन्ट लापोन्टेले रजत तथा युक्रेनकी लुजान लुम्डीयाले कांस्य पदक जिते । 

महिला कायाक एकल ५०० मिटरमा न्युजील्यान्डकी लिसा कारिंगटनले स्वर्ण, हंगेरीकी टमारा सिप्सेसले रजत तथा डेनमार्ककी जोर्गेन अम्माले कांस्य पदक पाए । पुरुष कायाक डबल १००० मिटरमा अस्ट्रेलियाले स्वर्ण, जर्मनीले रजत तथा चेक गणतन्त्रले कांस्य पदक जिते । 

हक्कीमा बेल्जियम र अस्ट्रेलिया बिचको खेलको खेल बिहीबार नै हुने छ, पुरुष १० किलोमिटर म्याराथन पौडीमा जर्मनीका फ्लोरेन उलब्रेकले स्वर्ण,हंगेरीका क्रिस्टोफ रावोजसकीले रजत तथा इटालीका जर्जीयो पालाटोर्नीले कांस्य पदक जिते । स्केट बोर्डीङको पुरुष पार्कमा अस्ट्रेलियाका केगन पालमरले स्वर्ण,ब्राजिलका पेड्रो बारोसले रजत तथा अमेरिकाका कोरे जोनेले कांस्य पदक जिते ।