३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले दियो नेपालसामु ८१ रनको लक्ष्य, नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । 

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई ८१ रनको विजयी लक्ष्य दिएको छ । 

क्यानडाले ८० रनमात्र जोड्यो ।

क्यानडाका डिलन हेलिगरले २२ बलमा २४ रन जोड्दै नटआउट रहँदा नवनीत धालिवालले १४ बलमा १८ रन, र्यान पठानले ११ बलमा १४ रन र सलमान नजरले ९ बलमा १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले ३, कमल ऐरी र अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिए । 

२ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा तेस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

यस्तै, फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।