१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले दियो नेपालसामु ८१ रनको लक्ष्य, नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । 

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई ८१ रनको विजयी लक्ष्य दिएको छ । 

क्यानडाले ८० रनमात्र जोड्यो ।

क्यानडाका डिलन हेलिगरले २२ बलमा २४ रन जोड्दै नटआउट रहँदा नवनीत धालिवालले १४ बलमा १८ रन, र्यान पठानले ११ बलमा १४ रन र सलमान नजरले ९ बलमा १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले ३, कमल ऐरी र अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिए । 

२ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा तेस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

यस्तै, फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।