• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने ★   विश्व वातावरण दिवस : पानीका स्रोत संरक्षण गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   अमेरिकाको डालासमा देखिएको नेपाल (फोटो फिचर) ★   भारतको नयाँ प्रधानमन्त्री मोदी, नितिश कि चन्द्रबाबु ? ★   जसपाले गुमाउँदै छ आज साढे ६ वर्षपछि मधेसको नेतृत्व ★   विश्वकपमा नेपालको हार, नेदरल्यान्डससँग ६ विकेटले पराजित ★   टी–२० विश्वकपः नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य ★   नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि यस्तो देखियो – फोटोफिचर ★   नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   विश्वकप सहभागीता, नेपालीको उत्साह- फोटो फिचर

अध्यक्ष ओली आज झापा जाँदै, ‘सेल्फी विथ केपी बा’ कार्यक्रम बुधबार



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । झापामा अध्यक्ष ओली निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने छ ।

अध्यक्ष ओली झापामा आयोजना हुने चुनावी सभा, भेला, कार्यकर्ता भेटघाट लगायत कार्यक्रममा सहभागी हुनुहुने छ ।

अध्यक्ष ओली आज झापा निर्वाचन क्षेत्र नं. २ को सालवाडी शनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुहुने नेकपा (एमाले) का पोेलिटव्यूरो सदस्य तथा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नं. ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले बताउनुभयो ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीसँग साँझ दमकमा सहकारीकर्मीहरुको भेटघाट कार्यक्रम रहेको छ ।

यसैगरी भोलि कात्तिक २३ गते दमकमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले विभिन्न दलका कार्यकर्ता लगायतलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक २४ गते दमकमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने नेता दाहालले जानकारी दिनुभयो ।

‘सेल्फी विथ केपी बा’राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व ओली बालबालिकादेखि बृद्धबृद्धासम्म अत्यन्त लोकप्रिय हुनुहुन्छ । अध्यक्ष ओली जहाँ पुग्नुहुन्छ त्यहाँ उहाँसँग तस्वीर खिचाउनेको घुइँचो लाग्ने गर्छ ।

यस पटक झापामा निर्वाचन प्रचार प्रसारका कार्यक्रममा व्यस्त रहँदा रहँदै पनि अध्यक्ष ओलीसँग तस्वीर खिचाउन पाएनौं भन्ने बालबालिका, युवा, किशोरकिशोरी, बृद्धबृद्धा र सर्वसाधारण नागरिकको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीसँग तस्वीर खिचाउनका लागि समय नै छु्ट्याइएको छ ।

बुधबार अध्यक्ष ओलीसँग तस्वीर खिचाउन चाहनेहरूका लागि ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको छ । दमकस्थित फन पार्कमा अपरान्ह ४ बजेदेखि राखिएको कार्यक्रममा अध्यक्ष ओलीसँग सबैले सेल्फी खिच्न पाउनुहुने छ ।

खासगरी युवकयुवती, किशोरकिशोरीको अत्यधिक माग आएपछि यो कार्यक्रमको आयोजना गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा ९एमाले० का नेता दाहालले जानकारी दिनुभयो ।