१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह

विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गर्नुभएको हो ।

उहाँले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतिय सवारीमा कर लगाइनु उचित नभएको बताउनु भयो । उहाँले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनि विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताउनु भयो । उहाँले सधैँभरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताउनु भयो । उहाँले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुर्‍याउने कुनै प्रयत्न नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अर्थमन्त्रीले जुन बजेट प्रश्तुत गर्नुभएको छ, परम्परागत बजेट र त्यो ढाँचामा भन्ने हो भने उहाँले धेरै विवादास्पद कामहरु गर्नुभएको छैन । गिजोल्नु भएको छैन । यति संकलन हुन्छ । यसरी संकलन गर्ने, यसरी बाड्ने । सकेसम्म सबैको चित्त बुझाउने । आफ्नो कार्यकर्ताको लागि पनि अलिकति ठाउँ राख्ने मिलाउनुभएको छ । परम्परागत रुपमा जे बजेट आउनुपर्ने हो त्यसमा धेरै टिप्पणी गर्नुपर्ने कुरा छैन । तर नेपालको अर्थतन्त्रको अहिलेको जे अवस्था हो, यो बजेटले हामीलाई छलाङ मार्न अथवा अब हामी सुध्रियौँ देश सुधार तर्फ गयो भन्ने आशा जगाउने काम गर्न सक्दैन । हामीले सधैँ अनुमान, अनुदान र ऋण यि तिनवटा चिजलाई समाएर बजेट बनाइराखेका छौँ । र त्यसमा हामी सधैँ असफल भइराखेका छौँ भने यो चोटीपनि पुग्दैन भन्ने थाहा छदैछ ।’

‘अलि फरक ढंगले सोच्नुपथ्र्यो । एउटा मौका सरकारको लागि त गयो गयो हामी सबैका लागि गयो । पुँजीगत खर्च र चालु खर्चको दुरी व्यापक छ, त्यसलाई साँघुर्‍याउने कुनै प्रयत्न भएन । सार्वजनिक खर्च कसरी घटाउने ? के–केमा घटाइयो ? र पुँजीगत खर्चपनि जति छट्याइएको छ, एकदमै कम छ । त्योपनि फेरि अत्यन्तै कम खर्च हुन्छ । आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च हुन्छ । त्यसमा कस्तो सुधार गर्‍यौँ भन्ने कुरा आएको भए आशा जाग्थ्यो । पहिलेको जस्तो करको दरमा विवादहरु कम छ । हामीले प्राथमिकतामा राखेको विद्युतिय सवारीहरुमा जुन कर लगाइयो त्यो अर्थमन्त्रीले फिर्ता लिन मिल्छ भने, हाम्रो सुझाव लाग्छ भने त्यो फिर्ता लिए राम्रो हुन्छ । किनभने अहिले पेट्रोलियम पदार्थ आयातमा कति पैसा बाहिर पठाउँछौँ ? विद्युत खपतको बलियो माध्यम विद्युतिय गाडी हो । इन्डक्शन चुल्हो हो । कसैको कुरा सुनेर लगाउनु हुन्न थियो ।’

उहाँले बजेट नयाँ शैलीमा आउनुपर्ने भएपनि परम्परागत रुपमा नै आएको बताउनु भयो । उहाँले बजेटमा धेरै विवादास्पद कुराहरु नभएको पनि बताउनु भयो ।