• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

उत्पादनमुखी भएर बजेट ल्याएको अर्थमन्त्रीको दाबी



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताउनु भयो। उहाँले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पार्नुभयो । उहाँले बजेट ठूला र प्रभावशाली नेता,मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उद्देश्यहरु समेत क्रमश: पूरा हुने विश्वास रहेको बताउनु भयो । उहाँले बैंकहरुमा तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरुमा रहेको बताउनु भयो । अथमन्त्री पुनले बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको जानकारी दिनुभयो । उहाँले यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने उल्लेख गर्नुभयो । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले मुलुकको कुल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उदेश्यहरु समेत क्रमश पुरा हुने विश्वास रहेको छ । अहिले पनि बैंकहरुमा तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरुमा रहेको छ । बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको छ । यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने छ । वित्तिय योजनाको रुपमा बजेट प्रश्तुत गरेका छौं । बजेट अनुसारको मौद्रिक नीति आउने छ ।

मुलुकको कुल आर्थिक वर्षको कुल ग्राहस्र्थ उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको छ । आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिनेछ । मध्यावधिक खर्च संरचनामा १९ खर्बभन्दा माथि हुने छ भनिएको थियो । तर अहिले १८ खर्ब ६० अर्ब ३० करोड भन्दा करिव १ खर्ब कम आएको छ । त्यसले पनि महत्वकांक्षी छैन । बस्तुगत छ । पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर विनामहत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोवल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले बस्तुवादी बजेट प्रश्तुत गरेको छु । आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु । बजेट ठूला र प्रभावशाली नेताहरुको क्षेत्रमा मात्रै गयो । मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुनेगर्छ । अहिले त्यस्तो नभएर अहिले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको छ ।’

उहाँले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने बताउनु भयो । उहाँले मध्यावधिक खर्च संरचनाले उल्लेख गरे भन्दा करिव १ खर्ब कम आकारको बजेट आएको बताउनु भयो ।