१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

उत्पादनमुखी भएर बजेट ल्याएको अर्थमन्त्रीको दाबी

उत्पादनमुखी भएर बजेट ल्याएको अर्थमन्त्रीको दाबी
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताउनु भयो। उहाँले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पार्नुभयो । उहाँले बजेट ठूला र प्रभावशाली नेता,मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उद्देश्यहरु समेत क्रमश: पूरा हुने विश्वास रहेको बताउनु भयो । उहाँले बैंकहरुमा तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरुमा रहेको बताउनु भयो । अथमन्त्री पुनले बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको जानकारी दिनुभयो । उहाँले यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने उल्लेख गर्नुभयो । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले मुलुकको कुल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उदेश्यहरु समेत क्रमश पुरा हुने विश्वास रहेको छ । अहिले पनि बैंकहरुमा तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरुमा रहेको छ । बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको छ । यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने छ । वित्तिय योजनाको रुपमा बजेट प्रश्तुत गरेका छौं । बजेट अनुसारको मौद्रिक नीति आउने छ ।

मुलुकको कुल आर्थिक वर्षको कुल ग्राहस्र्थ उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको छ । आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिनेछ । मध्यावधिक खर्च संरचनामा १९ खर्बभन्दा माथि हुने छ भनिएको थियो । तर अहिले १८ खर्ब ६० अर्ब ३० करोड भन्दा करिव १ खर्ब कम आएको छ । त्यसले पनि महत्वकांक्षी छैन । बस्तुगत छ । पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर विनामहत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोवल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले बस्तुवादी बजेट प्रश्तुत गरेको छु । आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु । बजेट ठूला र प्रभावशाली नेताहरुको क्षेत्रमा मात्रै गयो । मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुनेगर्छ । अहिले त्यस्तो नभएर अहिले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको छ ।’

उहाँले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने बताउनु भयो । उहाँले मध्यावधिक खर्च संरचनाले उल्लेख गरे भन्दा करिव १ खर्ब कम आकारको बजेट आएको बताउनु भयो ।