• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

टी–२० विश्वकपः नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

टेक्सासस्थित ग्रान्ड प्रेएरी मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

यस्तै, करण केसीले १७, गुलशन झाले १४, अनिल शाहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४, दिपेन्द्र सिंह ऐरीले १ रनमात्रै बनाए ।

नेपाललाई सस्तैमा समेट्न टिम प्रिंग्ले र लोगन भान विकले ३–३ विकेट लिए भने पल भान मिकेरन र बास दी लिडेले २–२ विकेट लिए ।