२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतले जिम्बावेलाई दियो १८७ रनको लक्ष्य



MELBOURNE, AUSTRALIA – NOVEMBER 06: Suryakumar Yadav of India bats during the ICC Men’s T20 World Cup match between India and Zimbabwe at Melbourne Cricket Ground on November 06, 2022 in Melbourne, Australia. (Photo by Daniel Pockett-ICC/ICC via Getty Images)
अ+ अ-

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत भारत र जिम्बावेबीचको खेल जारी छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा भारतले टस जितेर ब्याटिङ थाल्दै जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ ।

भारतले २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन जोड्यो । भारतका लागि सुर्यकुमार यादवले २५ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, के एल राहुलले ३५ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहित शर्माले १३ बलमा १५, विराट कोहलीले २५ बलमा २६ तथा हार्दिक पाण्ड्याले १८ बलमा १८ रन बनाए ।

जिम्बावेका सिन विलियम्सले २ तथा शिकन्दर राजा, रिचर्ड एन्गरवा र ब्लेसिङ मुजारावानीले एक–एक विकेट लिए ।