१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको उमेदवार नहुनु हाम्रो जितः रघुजी पन्त



अ+ अ-

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ ।

दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् ।

काठमाडौ निर्वाचन क्षेत्र न. ८ का नेकपा एमालेले निर्वाचन प्रचारप्रसार गर्न एटमटोलमा आयोजना गरिएको कोण सभामा नेताहरूले नेकपा एमालेको काठमाडौ क्षेत्र न. ८ मा मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेसको रहेको तर गठबन्धनको कारण यो क्षेत्रमा काङ्ग्रेस उम्मेदवार नभएकोले प्रतिस्पर्धी नभएको बताएका छन् ।

नेपाली भाषा संरक्षक एवं ऐतिहासिक संरक्षक गर्न नेकपा एमालेले जित्नु अतिआवश्यक रहेकोे स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

काठमाडौं क्षेत्र न. ८ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका उमेदवार बनेका शिव सुन्दर राजवैद्य र ८ (क) का उम्मेदवार राजेश शाक्यले आज काठमाडौ एटम टोलमा निर्वाचन प्रचारप्रसारमा सभाको आयोजना गरेका थिए ।