१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा र्याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिनुभयो ।
     
नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन् ।

नेपालका छ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ । नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्याङ्क छ ।
  
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको ¥याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनःचर्चामा पाएको हो ।
 
सचिव रेग्मी भन्नुहुन्छ, “त्रिशूलीमा भएको र्याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ ।”

नेपालका र्याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एशियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन् । नेपालमा हाल ¥याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको सङ्ख्या करिब ६०० रहेको अनुमान छ । नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा ¥याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ ।
 
साहसिक खेलका रुपमा ¥याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने जानकारी दिनुभयो ।

प्रतियोगिता र पदकको प्रचूर सम्भावना

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीका अध्यक्ष गङ्गाप्रसाद नेपालले सुगमताका हिसाबले त्रिशूली र भोटेकोसी भए पनि र्याफ्टिङका लागि कर्णाली, सुनकोसी, तमोर विश्वका उत्कृष्ट १० भित्र पर्ने भएकाले प्रतियोगिताको प्रचूर सम्भावना रहेको बताउनुभयो ।

तालिम प्राप्त तयारी अवस्थामा रहेकाबाहेक पनि नेपालमा नदी र ताल किनारमा रहेका माझी र बोटेलगायतका जातजातिको माछा मार्ने, डुङ्गा चलाउने र पौडी खेल्ने पुख्र्यौली पेशा रहेकाले पनि नेपालमा जलयात्राका पथप्रदर्शक अर्थात् प्रशिक्षकको सङ्ख्या प्रशस्त छ ।
 
नेपालमा प्रशस्त नदीनाला भएर पनि र्याफ्टिङ हालसम्म राष्ट्रिय प्रतियोगितामै पनि सामेल हुन सकेको छैन । यद्यपि एजेन्सिको अग्रसरतामा विगतमा केही वर्ष भने भोटेकोसीको सुकुटे क्षेत्रमा १८ देशका खेलाडीसमेत सामेल गराई ह्वाइट वाटर च्यालेञ्ज र्याफ्टिङ र कायकिङ प्रतियोगिता सञ्चालन गरिएकामा द्वन्द्व र कोभिड–१९ का कारण हाल स्थगित छ ।
 
प्रतियोगिता सञ्चालनका लागि करिब रु ३० लाख खर्च हुने तथा र्याफ्टिङ डुङ्गाको मूल्य करिब रु १० लाख एवं एक जना मात्र बस्न मिल्ने डुङ्गा कायकिङलाई रु डेढ लाख पर्ने संस्थाका पदाधिकारीले जानकारी दिनुभयो ।

केही वर्षअघि विश्वको सबैभन्दा लामो २१८ किमी र्याफ्टिङ प्रतियोगिता सञ्चालन लक्ष्य लिएकामा कोरोनाका कारण स्थागित हुन पुगेको अध्यक्ष नेपालले बताउनुभयो । संस्थाका पूर्वअध्यक्ष निम मगर भन्नुहुन्छ, “फ्रान्स र कोरियामा गएर पनि कायकिङ प्रतियोगिता खेलेको छ, प्रत्येक दिन डुङ्गा चलाउने भएकाले हाम्रा गाइडमा लामो अनुभव छ, प्रतियोगिता जित्ने सम्भावना पनि प्रशस्त छ, बजेट विनियोजन र राष्ट्रिय प्रतियोगिता हुनुप¥यो, विजयीलाई मनोबल बढाउन एशियन र ओलम्पिकमा पठाउन पर्यो ।”
 
बागमती सफाइ अभियानको प्रचारप्रसारका लागि विगतमा सुन्दरीजलदेखि गोकर्णसम्म मिडियालाई संलग्न गराएर प्रतियोगिता हुँदै आएकामा पछिल्ला वर्षमा त्योसमेत हुन सकेको छैन । निजी क्षेत्रकै पहलमा सिन्धुपाल्चोकको बलेफीमा र्याफ्टिङलगायत नदी खेल प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।

‘नीति र वातावरण बनाऔँ’

एजेन्सीका पूर्वध्यक्ष मेघ आले नेपालमा पहिलो पटक सन् २०६० को दशकमा ¥याफ्टिङ  त्रिशूलीमा भएकामा त्यसमा अमेरिकन, जर्मन, फ्रेञ्च र बेलायतीको सहभागिता रहेको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “नदी पर्यटनका लागि त्रिशूली ऐतिहासिक नदी हो, धार्मिक, पर्यटन संस्कृति र सामाजिक महत्व बोकेका नदी क्षेत्रलाई सम्पदाका रुपमा घोषणा गरी ¥याफ्टिङ प्रतियोगिता सञ्चालनका लागि नीति र वातावरण बनाउनुपर्छ ।”  

नेपाल ¥याफ्टिङका लागि संसारकै सर्वोत्कृष्ट गन्तव्य भएकाले ¥याफ्टिङ र कायकिङ खेल विधालाई ठीक ढङ्गबाट अघि बढाइएमा ओलम्पिकबाट नेपालले छोटो अवधिमै पदक ल्याउन सक्ने प्रशस्त सम्भावना छ ।

– नारायण न्यौपाने