२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम र बसन्ती उत्कृष्ट खेलाडी



अ+ अ-

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।

एनआईटीएफको २४ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो । सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए । तीनैले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे । काठमाडौंका मनोज खड्गी आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।

उनीहरुलाई प्रशंसा पत्र प्रदान गरियो । विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वानदोमा सक्रिए नेपालगन्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवर्डाबाट सम्मान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र एनआईटीएफका अध्यक्ष अन्जन धमलाले पुरस्कृत गरे ।

त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गरेका थिए ।एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो । त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट ५ जना छैटौं डानमा पदोन्नती भएको जानकारी दिइयो । तेश्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको   छ ।