२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको स्थायी समिति बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सम्पन्न भएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । 

बिहीबारदेखि जारी भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको थियो । 

बैठकमा देउवा सरकारमा सहभागी हुनुपर्ने कसैले मत राख्दा कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए ।

आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।