१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको स्थायी समिति बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सम्पन्न भएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । 

बिहीबारदेखि जारी भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको थियो । 

बैठकमा देउवा सरकारमा सहभागी हुनुपर्ने कसैले मत राख्दा कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए ।

आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।