तनहुँ । नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नं २ का चार सय ६१ जना नेताकार्यकर्ता नेकपा (एमाले)मा समाहित भएका छन् ।
बुधबार दुलेगौंडामा आयोजित एक कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवा संघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रे, शुक्लागण्डकी नगरकमिटी, युवा संघ तनहुँको कमिटी एमालेमा समाहित भएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दिलबहादुर थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, नारायणदत्त वाग्ले लगायत शुक्लागण्डकी नगर कमिटीसहित ४६१ जना एमालेमा समाहित भएको घोषणा गरिएको छ ।
एमालेमा फर्किएका नेताकार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार किरण गुरुङ, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, एमाले तनहुँ अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले स्वागत गरे ।