२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट प्रचण्ड पत्नी सीता डिस्चार्ज



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो ।

स्वास्थ्यमा समस्या आई उहाँ १५ दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ लामो समयदेखि पार्किसन्नजस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित हुनुहुन्छ । मस्तिष्कमा लाग्ने यो रोग निकै कम मानिसमा देखा पर्ने गरेको छ । उहाँ मधुमेह र उच्च रक्तचापको समेत बिरामी हुनुहुन्छ ।