६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फराकिलो जितसँगै आर्सनल शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले नटिङ्हम फरेस्टलाई ५–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले एक–एक गोल गरे ।

खेलको ५ औं मिनेटमा नै आर्सनलले मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ५२ औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा आर्सनल ३–० ले अघि रह्यो । ५७ औं मिनेटमा थोमसले गोल गरे । यस्तै ७८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । १२ खेलबाट ३१ अंक रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग दुई अंकको दुरी बढाएको छ । यता, १३ खेलबाट ९ अंकसहित नटिङ्हम भने तालिकाको पुछारमा छ ।