२३ आश्विन २०८१, बुधबार
,
Latest
गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका कास्की सचिव होम नेपालीसहित नेताकार्यकर्ता एमालेमा



अ+ अ-

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज नेकपा (एमाले)कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गरेका हुन् ।

उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य भीम कार्की लगायत नेताहरुले उनलाई पार्टीमा स्वागत गरे ।

विगतमा नेकपा (एमाले)मा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

यसैगरी रुपन्देहीमा बुटवल उपमहानगरपालिका वडा १२ का नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका स्थानीय नेताहरू एमाले प्रवेश गरेका छन् ।

नेकपा एसका वडाध्यक्ष घनलाल बस्याल, माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा, शिक्षक संगठनका पूर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेल, प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरे ।