१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका कास्की सचिव होम नेपालीसहित नेताकार्यकर्ता एमालेमा



अ+ अ-

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज नेकपा (एमाले)कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गरेका हुन् ।

उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य भीम कार्की लगायत नेताहरुले उनलाई पार्टीमा स्वागत गरे ।

विगतमा नेकपा (एमाले)मा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

यसैगरी रुपन्देहीमा बुटवल उपमहानगरपालिका वडा १२ का नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका स्थानीय नेताहरू एमाले प्रवेश गरेका छन् ।

नेकपा एसका वडाध्यक्ष घनलाल बस्याल, माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा, शिक्षक संगठनका पूर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेल, प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरे ।