५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः कालिकोट बम विष्फोट घटनामा थप एक बालिकाको मृत्यु



अ+ अ-

कालीकोट । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।

घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताउनुभयो ।