३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि हुँः महेश बर्तौला



अ+ अ-

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्दा पनि भएको बताएका छन् ।

मकपानपुरको भीमफेदी गाउँपालिकाको सुपिङमा शुक्रबार एमालेले गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले गणतन्त्र ल्याउनका लागि सडकमा निस्कदाँ प्रहरीको लाठि समेत खाएको स्मरण गराए ।

यस अघिका जनप्रतिनिधिले नेतृत्व खेलेका राम्रा योजनालाई पनि उनले निरन्तरता दिने बताए । आफ्नो एजेन्डा राख्दै उनले भने–‘म बिद्यार्थी आन्दोलनबाट आएको बिद्यार्थी नेता भएकोले मकवानपुर मात्रै नभइ यो देशका ७५३ वटै स्थानिय तहमा एक पालिला एक माध्यमिक तहको करिव २ सय बिद्यार्थी अटाउने छात्रावासको सुनुश्चितता गर्नेछु ।’

युवा उम्मेदवार बर्तौलाले आफूलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताए । आफू समग्र युवा भावनाहरुको उम्मेदवार भएको बताउदै युवाले अवअसर पाउँदा गर्दो रहेछ भनेर जनताले महसुस गर्ने गरि काम गर्ने बताए ।

आफ्नो प्रतिस्पर्धा माओवादी र काँग्रेससँग नभएको बताउदै उनले आफ्नो प्रतिस्पर्धा २ हजार भोट भएको बिरोध खतिवडा संग भएको बताए । प्रतिनिधिसभामा उम्मेदवार नउठाएकोमा काँंग्रेस माओवादीलाई धन्यवाद दिंदै आफूले जिते पछि पनि दलिए मानसिकता त्यागेर सबै दलका नेता कार्यकर्ताको साझा भएर काम गर्ने बताए ।