२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि हुँः महेश बर्तौला



अ+ अ-

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्दा पनि भएको बताएका छन् ।

मकपानपुरको भीमफेदी गाउँपालिकाको सुपिङमा शुक्रबार एमालेले गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले गणतन्त्र ल्याउनका लागि सडकमा निस्कदाँ प्रहरीको लाठि समेत खाएको स्मरण गराए ।

यस अघिका जनप्रतिनिधिले नेतृत्व खेलेका राम्रा योजनालाई पनि उनले निरन्तरता दिने बताए । आफ्नो एजेन्डा राख्दै उनले भने–‘म बिद्यार्थी आन्दोलनबाट आएको बिद्यार्थी नेता भएकोले मकवानपुर मात्रै नभइ यो देशका ७५३ वटै स्थानिय तहमा एक पालिला एक माध्यमिक तहको करिव २ सय बिद्यार्थी अटाउने छात्रावासको सुनुश्चितता गर्नेछु ।’

युवा उम्मेदवार बर्तौलाले आफूलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताए । आफू समग्र युवा भावनाहरुको उम्मेदवार भएको बताउदै युवाले अवअसर पाउँदा गर्दो रहेछ भनेर जनताले महसुस गर्ने गरि काम गर्ने बताए ।

आफ्नो प्रतिस्पर्धा माओवादी र काँग्रेससँग नभएको बताउदै उनले आफ्नो प्रतिस्पर्धा २ हजार भोट भएको बिरोध खतिवडा संग भएको बताए । प्रतिनिधिसभामा उम्मेदवार नउठाएकोमा काँंग्रेस माओवादीलाई धन्यवाद दिंदै आफूले जिते पछि पनि दलिए मानसिकता त्यागेर सबै दलका नेता कार्यकर्ताको साझा भएर काम गर्ने बताए ।

 




भर्खरै