३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यस्तो छ शरीरमा सेता धर्सा आउनुको कारण, जान्नुहोस् लक्षण र उपचार !

यस्तो छ शरीरमा सेता धर्सा आउनुको कारण, जान्नुहोस् लक्षण र उपचार !
अ+ अ-

काठमाडौं । अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्सा कै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । 

 के हुन् सेता धर्सा ?
शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरेपनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भएपनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

 सेता धर्सा आउने कारण

शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउदा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

लक्षण र उपचार

‘स्ट्रेच माक्र्स’ हुनुअघि कुनै पनि लक्षण देखिँदैन । यस्तो समस्या आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । व्यायाम र खानपिनमा ध्यान दिँदै शरीर सन्तुलित बनाउने नै हो । बेलैमा सचेत भए सेता धर्साहरूको समस्या निम्तिँदैन । त्यसो त यस्ता सेता धर्सा कुनै रोग भने होइन । शारीरिक स्वास्थ्यमा यसले कुनै असर पुर्‍याउँदैन । तर, सौन्दर्यका लागि भने यो घातक देखिन्छ । विभिन्न मस्चराइजरको प्रयोगले यस्ता धर्सा मेटाउने पनि गरिन्छ । लेजर गरेर पनि हटाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)