५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुइँकटहर खाँदा यस्ता छन् सात फाइदा



अ+ अ-

१) क्यान्सरबाट बचाउँछ

भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

२) हड्डी बलियो

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा मद्दत गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँछ ।

३) मधुमेह रोगलाई लाभदायक  

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु फाइदाजनक हुन्छ ।

४) हृदयरोगमा राहत 

मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँकटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

५) पाचन क्रियाको सन्तुलन 

भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग पचाउँछ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

६) अनुहारको चमक

भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

७) रोग प्रतिरोधी क्षमता बढाउन

भुइँकटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।

(एजेन्सीको सहयोगमा)