• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

न्युक्यासलसँग टोटेनहम घरेलु मैदानमै स्तब्ध



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाईटेडले जित निकालेको छ । आईतबार राति भएको खेलमा न्युक्यासलले घरेलु टोली टोटेनहम हस्टपरलाई २–१ गोल अन्तरले हराएको हो ।

३१ औं मिनेटमा क्यालम विल्सनको गोलबाट न्युक्यासलले खेलमा अग्रता लिएको थियो । मिगुएल अल्मिरोन दोस्रो गोल गर्दै न्युक्यासललाई पहिलो हाफमै २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहम २–१ को स्थितीमा ल्याए । तर दुवै टोलीबाट थप गोल हुन सकेन र खेल २–१ को अवस्थामा सकियो ।

१२ खेलबाट २१ अंकसहित न्युक्यासल चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।