• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

टी-२० विश्वकपः कोहली चम्किँदा भारतले पाकिस्तानलाई हरायो



एजेन्सी । आइसिसी टि२० विश्वकपमा ब्याट्सम्यान विराट कोहलीको सानदार ब्याटिङमा भारतले पाकिस्तानमाथि चार विकेटको नाटकीय जित हात पारेको छ ।

जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा कोहलीले ५४ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहे ।

हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन आवश्यक थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का प्रहार गरे ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मोहम्मद नवाजको नाममा पनि एक विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे ।