१० श्रावण २०८३, आईतवार
,
Latest
एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपः कोहली चम्किँदा भारतले पाकिस्तानलाई हरायो



अ+ अ-

एजेन्सी । आइसिसी टि२० विश्वकपमा ब्याट्सम्यान विराट कोहलीको सानदार ब्याटिङमा भारतले पाकिस्तानमाथि चार विकेटको नाटकीय जित हात पारेको छ ।

जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा कोहलीले ५४ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहे ।

हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन आवश्यक थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का प्रहार गरे ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मोहम्मद नवाजको नाममा पनि एक विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे ।